पाठशाला न्यूज
 २०८१ बैशाख १४, शुक्रबार    

प्रतिनिधि सभाका लागि तिमल्सिनाले गराए मनोनयन दर्ता

२०७९ आश्विन २३, आईतबार १८:३१ बजे

दिपु मिश्र
रौतहट–रौतहट क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका तर्फबाट देवप्रसाद तिमल्सिनाले प्रतिनिधि सभाका लागि मनोनयन दर्ता गराएका छन् ।
आज आईतबार करिव ३ः३० बजेको समयमा नेपाली कांग्रेसका तर्फबाट देवप्रसाद तिमल्सिनाले प्रतिनिधि सभाका लागि मनोनयन दर्ता गराएका हुन् । नेता तिमल्सिनाले २०७४ को प्रतिनिधि सभा निर्वाचनमा ५ हजार २ सय २५ मतान्तरले एमालेका उम्मेदवार डा. बंशीधर मिश्रलाई पराजित गरेका थिए ।
नेता तिमल्सिना क्षेत्र नम्बर ४ का कांग्रेसका प्रभावशाली नेता हुन् । यस पटक पनि उनले मनोनयन दर्ता गरेसंगै कांग्रेसका नेता तथा कार्यकर्तामा उमंग छाएको छ ।
त्यस्तै रौतहट क्षेत्र नम्बर ४ प्रदेश क बाट माओवादी केन्द्रका नेता युवराज भट्टराई (समीर) ले प्रदेश सभामा मनोनयन दर्ता गराएका छन् ।
सत्ता गठबन्धनको तर्फबाट मनोनयन दर्ता गरेका नेता भट्टराई माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य समेत हुन् । गठबन्धनका उम्मेदवारलाई जिताउन पार्टी एक ढिक्का भएर अघि बढ्ने उनले बताएका छन् ।
त्यस्तै रौतहट क्षेत्र नम्बर ४ नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यमा उद्धव रेग्मी र क्षेत्र नम्बर ४ (क) प्रदेश सभा सदस्यमा अखिलेश्वर चौधरीले मनोनयन दर्ता गराएका छन् ।