पाठशाला न्यूज
 २०८१ वैशाख ३१, सोमवार    

क्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य

२०८० माघ २९, सोमवार १३:१८ बजे

काठमाडौं- क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ । सिरिजको तेस्रो खेलमा टस हारेर पहिला ब्याटिंग गरेको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाएर २३२ रन बनाएको हो ।

क्यानडाका लागि नवनीत धलिवालले सर्बाधिक ५० रन बनाएका थिए भने निखिल दत्ताले ४५ रन बनाए ।

त्यसैगरी हर्ष ठकेरले २९,  श्रेयस मोभ्भाले २५, श्रीमान्थ विजेयेरात्नेले २२ तथा साद बिन जफारले अविजित ३१ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर हेमन्त धामीले आफ्नो डेभ्यु खेलमा ३ विकेट लिएका थिए । त्यस्तै कुशल मल्लले २ तथा ललित राजबंशी र आकाश चन्दले एक एक विकेट लिएका थिए ।