पाठशाला न्यूज
 २०८१ बैशाख १५, शनिबार    

रौतहटमा परीक्षा केन्द्रबाट ५ सय थान मोवाइल बरामद

२०८० चैत्र १६, शुक्रबार १८:३४ बजे

रौतहट- माध्यमिक शिक्षा परीक्षा (एसइइ) परिक्षा हलबाट शुक्रवार रौतहटको विभिन्न ३१ वटा परीक्षा केन्द्रबाट ५ सय थान मोवाइल बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार एसइइ परीक्षालाई मर्यादित, अनुशासित एवं शान्तिपूर्ण बनाउन जिल्ला परीक्षा अनुगमन समितिका पदाधिकारीहरुले गौर, चन्द्रपुर , गरुडा लगाएत जिल्लाको ३१ वटा परीक्षा केन्द्रबाट ५ सय थान मोवाइल बरामद भएको हो ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रामविनय सिंह सहितकाे अनुगमन टोलीले उक्त संख्यामा परीक्षा हल बाट मोवाइल बरामद गरेक‍ो हो ।

बरामद गरिएकाे मोवाइल सेटमा सम्बन्धित व्यक्तिहरुको नाम लेखिएको र परीक्षा सकिए पछि फिर्ता गरिने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिइन ।