पाठशाला न्यूज
 २०८२ मंसिर २९, आइतवार    

तराई लगायत पहाडी भूभागका केहि स्थानमा हुस्सु लाग्ने

२०८१ पौष ८, सोमवार ०६:२० बजे

काठमाडौं- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ भने आज साँझबाट सुदूर पश्चिम प्रदेश तथा कर्णाली प्रदेशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आन्शिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।साथै तराई लगायत पहाडी भू-भागका केही स्थानहरुमा हुस्सु/कुहिरो लागेको अवस्था छ।

आगामी २४ घण्टाका लागि सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशको केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ साथै कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दूई स्थानमा तथा सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । साथै बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,स्वास्थय, कृषि, यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।