पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

चार सय पुरुषबाट प्रस्ताव आउँदा पनि फ्रान सायर एक्लै !

२०८० कार्तिक ३०, बिहीवार १३:२५ बजे

एजेन्सी : साँचो प्रेम भलै निकै मुस्किलले प्राप्त हुन्छ । तर दुनियाँमा कैयन् यस्ता मानिसहरु छन् जो सधैं साँचो प्रेम पाउने आशामा जिन्दगी जिइरहेका हुन्छन् तर पाइरहेका हुँदैनन् ।
फ्रान सायरको कथा पनि यस्तै छ । ५५ वर्षकी सायर एकजना डिभोर्सी आमा हुन् ।
घरबार बसाउने चाहनाले गर्दा अहिलेसम्म ४०० भन्दा धेरै पुरुषबाट बिहेको प्रस्तावको बाढी आए पनि अहिलेसम्म आफू एक्लै रहेको उनको दुखेसो छ ।
फ्रानले पछिल्लो केही समयदेखि आफ्ना लागि मनमिल्ने जोडी खोजिरहेकी छिन् । त्यसका लागि उनी हिन्ज तथा बम्बल जस्ता अनलाइन डेटिङ साइटहरुमा पनि गइन्, तर सफलता प्राप्त हुन सकेको छैन । उनीसँग १८ देखि २१ वर्षसम्मका त्यस्ता युवाहरुले सम्पर्क गरे जसले आफुभन्दा पाका महिलाहरुसँग सम्बन्ध स्थापित गर्न चाहन्थे । त्यस्तै जो पुरुषहरुले उनीसँग बिहेको कुरा गरे उनीहरुमध्ये अधिकांश वृद्धावस्था वा पाको उमेरका पुरुषहरु थिए ।
डेलीस्टारसँग कुराकानी गर्दै फ्रान भन्छिन्, ‘मसँग बिहेका करिब ४ सय प्रस्ताव आए र ती मेरो उमेरका आसपासको उमेरका थिए । उनीहरुको उमेर ४८ देखि ५० वर्षसम्म थियो ।’मिल्दो उमेरको प्रेमी फेला पर्नुका बाबजुत फ्रान किन आफ्नो उद्धेश्यमा सफल हुन सकिनन् त ?
यस विषयमा उनले रोचक तर्क दिएकी छिन् । फ्रानका अनुसार सुरुमा त सबै कुरा ठिक हुन्छ तर जब पुरुषहरुसँग च्याटिङ अघि बढ्छ तब उनीहरुले आफ्नो वास्तविक रङ देखाउन थाल्दछन् । कुरा गर्दै जाँदा पुरुषहरुको उद्धेश्य सम्बन्धलाई दीर्घकालीन रुपमा अगाडि लैजाने नभएको कुरा थाहा हुने गरेको उनी बताउँछिन् ।

फ्रानका अनुसार अधिकांस पुरुषहरुलाई त सोसल मिडियामा महिलाहरुसँग कसरी कुराकानी गर्ने र कस्तो व्यवहार गर्ने भन्ने पनि थाहा छैन ।
सोसल मिडियाप्रति पनि फ्रानको गुनासो छ । सोसल मिडियामा साँचो प्रेम र सम्बन्धको कुनै कदर नरहेको र भविष्यमा एकदिन सोसल मिडियाले साँचा प्रेमलाई समाप्त गरिदिने उनी बताउँछिन् ।
यद्यपि एकदिन कुनै सम्मानित व्यक्तिबाट आफुलाई सच्चा प्रेम प्राप्त हुने र भविष्यमा खुसीसाथ रहन सक्ने उनको अपेक्षा छ ।