पाठशाला न्यूज
 २०८१ जेष्ठ २, बुधवार    

गृहमन्त्रीको निर्देशनमा माओवादी उपाध्यक्ष कृष्ण बहादुर महरा पक्राउ

२०८० चैत्र ५, सोमवार १०:४१ बजे

काठमाडौं- सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेपछी गृहमन्त्रालयको निर्देशनमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् ।

महरालाई कपिलवस्तुबाट पक्राउ गरि काठमाडौं ल्याउँदै गरेको प्रहरी महानिरीक्षक बसन्त कुँवरले जानकारी दिएका छन् । 

महरासँग यसअघि आयोगले बयान लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि हाल थुनामा छन् ।

गृहमन्त्री रवि लामिछानेको निर्देशन पश्चात सुन तस्करीमा संलग्नहरुलाई प्रतिवेदनको आधारमा पक्राउ गर्न नेपाल प्रहरी सक्रिय भएको हो ।