पाठशाला न्यूज
 २०८१ जेष्ठ ५, शनिवार    

भ्यालेन्टाइन डे मनाउन गएकी बालिकामाथि सामूहिक बलात्कार

२०८० फाल्गुण ३, बिहीवार १४:२५ बजे

सिरहा : सिरहामा प्रेमीको जालमा परी भ्यालेन्टाइन डे मनाउन गएकी एक बालिका सामूहिक बलात्कार परेको घटना बाहिरिएको छ ।
प्रेमीले ’सरस्वती पूजा र भ्यालेन्टाइन डे’को बहानामा बालिकालाई लहानस्थित साथीको डेरामा लगेर बालिकामाथि सामूहिक बलात्कार गरेको घटना बाहिरिएको हो । बालिका बलात्कार आरोपमा बिहीबार सुखिपुर नगरपालिका–२ का मणिराम यादवको छोरा वर्ष १८ को निकेश कुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्नलाई अन्यको खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।
ती बालिकालाई ललाई फकाई साथीको डेरामा लगेर करणी गरेको आरोपमा बिहीबार बिहान घरबाटै निकेशलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता राजेन्द्र राज पाण्डे जानकारी दिए ।

निकेशले किशोरीलाई लहान १ स्थित अरुण कुमार यादवको डेरामा लगेर बुधबार अपरान्ह ललाई फकाई जबरजस्ती गरणी गरेको र सोही कारण आफू बिरामी भएको आफन्तलाई जानकारी गराउनासाथ परिवारले उजुरी दिएका थिए । बालिका रक्ताम्य अवस्थामा डेरामै अचेत देखिएपछि एकजनाले आफन्तलाई खबर गरेका थिए ।
किशोरीको उपचार विराटनगरमा भइरहकको र अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।