पाठशाला न्यूज
 २०८१ आषाढ २३, आइतवार    

एमाले अध्यक्ष ओली नवलपरासी जाँदै

२०८१ वैशाख २१, शुक्रवार ०९:०७ बजे

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नवलपरासी जाँदै छन् । पार्टीको नवौँ जिल्ला अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली आज बिहान भैरहवा जान लागेका हुन् ।
भैरवहाबाट हुलाकी सडक हुँदै परासी जाने कार्यक्रम छ । त्यहाँ दिउँसो एक बजे अधिवेशन उद्घाटन गरेर ओली आजै ३ बजे काठमाडौं फर्किने कार्यक्रम रहेको पार्टी केन्द्रीय सदस्य सरिता भुसाल खनालले जानकारी दिइन् ।
संविधान जारी भएपछि नवलपरासी जिल्लालाई दुई भागमा बाँडिएको थियो । बर्दघाट सुस्ता पश्चिमको भूगोल समेटेर बनेको परासीमा आज अधिवेशन सुरु हुन लागेको हो ।
खनालका अनुसार अधिवेशनका लागि ४२६ जना प्रतिनिधि चयन भएका छ । उनीहरुले १०५ सदस्यीय जिल्ला कमिटी गठन गर्नेछ ।
अधिवेशनलाई सकेसम्म सर्वसम्मत बनाउने कोसिश नेतृत्वले गरिरहेको छ । तर अध्यक्षका आकांक्षी धेरै भएका कारण मिलाउन समस्या भएको छ ।

अध्यक्षका लागि वर्तमान अध्यक्ष दिपेन्द्र अधिकारी, उपाध्यक्ष डोलारज भण्डारी, सचिव धिरज बस्याल, राष्ट्रियसभाका पूर्व सदस्य रामलखन हरिजन, नेता श्याम बस्यालले दाबी गरेका छन् ।