पाठशाला न्यूज
 २०८१ वैशाख ३०, आइतवार    

गरिब तथा असहायको उपचार निःशुल्क गर्छौँ : बालेन

२०८१ वैशाख १६, आइतवार ०९:५७ बजे

काठमाडौं : काठमाडौं महानगरपलिकाका प्रमुख बालेन शाहले देशका जुनसुकै भागका गरिब तथा असहायको उपचार निःशुल्क गर्ने बताएका छन् ।
आइतबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले सम्बन्धित स्थानीय तहको सिफारिस लिएर आए महानगरले निःशुल्क उपचार गर्ने बताएका छन् । महानगरसँग ५२ अस्पतालका ३७४ बेड रहेको उनले जानकारी दिएका छन् ।
‘नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला’, उनले लेखेका छन्, ‘हामीसँग ४३ अस्पतालका ३२३ बेड आबद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ ।’