पाठशाला न्यूज
 २०८१ बैशाख ११, मंगलबार    

नापी कार्यालय चन्द्रनिगाहपुरमा भु–सुचना प्रणाली लागु

२०७९ मंसिर २८, बुधबार १६:०१ बजे

दिपु मिश्र
रौतहट–नापी कार्यालय चन्द्रनिगाहपुरमा मधेश प्रदेश अन्र्तगत तेस्रो नेपाल भु–सुचना प्रणाली लागु गरिएको छ ।
मंगलबार होटल एयन प्लाजमा एक कार्यक्रमको आयोजना गरी नापी कार्यालय चन्द्रनिगाहपुरले यस आर्थिक बर्षको पहिलो भु–सुचना प्रणली लागु गरेको हो । सो कार्यक्रमको उद्घाटन रौतहट क्षेत्र नम्बर–४ का नव निर्बाचित प्रतिनिधि सभा सदस्य माननीय देव प्रसाद तिमिल्सिना र प्रदेश सभा सदस्य युवराज भट्टराई (समिर) ले संयुत रुपमा गरेका हुन् ।
नेपाल सरकारबाट जग्गा सम्बन्धी सेवाहरुलाई समय सापेक्ष रुपमा परिमार्जन गर्दै सूचना प्रविधिमा आधारित गराउन अत्यावश्यक महशुस गरी नापी कार्यालयहरुमा भु–सुचना प्रणाली लागु गरिएको नापी कार्यालय चन्द्रनिगाहपुरका सुचना अधिकारी एवं सर्भेक्षक कमल नारायण साहले बताएका छन् । उनले ईन्ट्रानेट मार्फत संचालन गरिएको केन्द्रीकृत प्रणाली भएको तथा जग्गा प्रशासनका सूचनाहरु बढी सुरक्षित,भरपर्दो रहने हुदा सो प्रणाली लागु गरिएको हो । यस प्रणालीमा जग्गाधनीको तिन पुस्ताको विवरण राखिने र दुषित कारोबारलाई निरुत्साहन गर्ने कार्यमा महत्वपूर्ण भूमिका रहेको कार्यलयका सर्भेक्षक साहले जानकारी दिएका छन् । सेवाग्राही अनलाईनमा गई www.merokitta.dos.gov.np मा लगइन गरि लिन चाहेको सेवा छानेर प्रविष्ट भएको फारममा आवश्यक कागजपत्र भरेर अनलाईनबाटनै राज्श्व दाखिला गरि घरबाट नक्शा प्रिन्ट,प्लट रजिस्टर उतार,फिल्डबुक उतार र फिल्ड रेखांकन लगायतको सेवा लिन सकिने कार्यालयका सुचना अधिकारी साहले जानकारी दिएका छन् । यो प्रणली मार्फत बैंक तथा बित्तीय संस्थाहरु,सेवाग्राही सबैले अनलाईन बाटै सेवा लिन सकिने नापी कार्यालयका सर्वेक्षक साहको भनाई रहेको छ ।
कार्यक्रममा चन्द्रपुर नगरपालिका कार्यालयका प्रमुख मेयर संजय कुमार काफ्ले,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शिव पुरी,प्रेस युनियनका केन्द्रीय सदस्य संजय कार्की,साझावाणी दैनिकका प्रकाशक सागर हुमागाई,नापी विभाग काठमाण्डौका प्रतिनिधी कृष्ण देव सिंह,हिरालाल पार्दे,नापी कार्यालय चन्द्रनिगाहपुरका कार्यालय प्रमुख सविन वि.के सहित चन्द्रनिगाहपुका बैंक तथा बित्तिय संघसस्थाहरुका प्रमुखको सहभागिता रहेको थियो ।