पाठशाला न्यूज
 २०८१ बैशाख २४, सोमबार    

पार्टी हित विपरीत भ्रम फैलाउने राप्रपाका तीन नेता निलम्बित

२०८० फाल्गुन २९, मंगलबार १०:०४ बजे

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तीन जना नेतालाई निलम्बन गरेको छ ।
पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार सामाजिक सञ्जालमा पार्टी हित विपरीत भ्रम फैलाउने, पार्टीको नीति, नेतृत्व र एकता विरुद्ध निरन्तर नकारात्मक धारणा दिँदै आएका कारण उनीहरूलाई निलम्बन गरिएको हो । निलम्बनमा पर्नेहरूमा महाधिवेशन प्रतिनिधिद्वय पूर्व केन्द्रीय सदस्यहरू सिन्धुपाल्चोकका भीमसेन खनाल र दाङका हंसराज केसी तथा बर्दियाको ठाकुरबाबा नपाका पूर्व अध्यक्ष गोरख बहादुर बम रहेका छन् ।
उनीहरूलाई पार्टी सदस्यबाट निलम्बन गर्ने अनुशासन समितिको सिफारिसलाई कार्यसम्पादन समितिको बैठकले अनुमोदन गरेको प्रवक्ता श्रेष्ठले बताए ।