पाठशाला न्यूज
 २०८१ जेष्ठ ३, बिहीवार    

आज नेकपा एमालेको संसदीय दलको बैठक बस्दै

२०८१ वैशाख ३, सोमवार ०९:०४ बजे

काठमाडौं- नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ ।

बैठक बिहान ११ बजे संसद भवनस्थित ल्होत्से हलमा बस्नेछ। बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ।संसदका काम कारबाहीको समीक्षा, अबका समितिमा कसरी प्रस्तुत हुने ? भन्ने बिषयमा छलफल हुने जनाइएको छ।

साथै समितिमा रहेका विचाराधीन विधेयकहरुको बारेमा छलफल हुने कुरा एमालेले जनाएकोछ ।