पाठशाला न्यूज
 २०८१ बैशाख २१, शुक्रबार    

लुम्बिनीमा माओवादीका महरा मुख्यमन्त्री बन्दै

२०८० चैत्र २३, शुक्रबार १२:३० बजे

दाङ-  लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन हुने भएको छ । 

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराको नेतृत्वमा नयाँ सरकार गठन हुने लगभग सुनिश्चित देखिएको छ ।

महरालाइ मुख्यमन्त्री बनाउन बहुमत सांसदहरूले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश गरेका छन् । जस अनुसार नेकपा एमालेका २९, माओवादीका १०, जसपाका ३, एकीकृत समाजवादी १ र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जनाको हस्ताक्षर बुझाइएको जनाइएको छ ।

जस अनुसार प्रदेश प्रमुख अमिक शेरचनले महरालाई आइतबारसम्ममा महरालाइ मुख्यमन्त्री नियुक्ति गर्नेछन् ।