पाठशाला न्यूज
 २०८१ बैशाख २२, शनिबार    

सशस्त्र प्रहरीले बचाए चालकको ज्यान

२०८१ बैशाख ११, मंगलबार २०:५४ बजे

रौतहट- रौतहटस्थित सशस्त्र प्रहरीको टोलीले जिवनमरणको दोसाँधमा परेका एकजना ट्याक्टर चालकको ज्यान बचाएको छ । 

 राजपुर नगरपालिका २ फतुहा महेशपुर स्थीत हुलाकी राजमार्गमा आज अपरान्ह ४ बजे पुर्वबाट पश्चिम तर्फ जादै गरेको प्र २ -०३ ००१ त ३८९  नम्बरको फलामे छड लोड गरेको ट्याक्टर  अनियन्त्रित भई सडकको बाँया तर्फ खेतमा पल्टिएको थियो।

दुर्घटनामा परी ट्याक्टरमा सवार दुर्गाभगवति गाउँपालिका ३ मतसरी का बर्ष ३० का विश्वनाथ पंडितको निधार र हात खुट्टामा सामान्य चोट पटक लागेको थियो।

दुर्घटनामा ट्याक्टर भित्र च्यापिएको चालक सोही ठाउँका बर्ष ३५ को चालक मुकेश पंडित  लाई सशस्त्र प्रहरीले राजपुर नगरपालिकाको जेसिवि को मदतले उद्धार गरेको थियो।

चालक पण्डितको  शरिरको सम्पुर्ण भागमा चोट पटक लाग्नुका साथै दुबै हत भाँचिएको साथै घाईतेलाई गम्भिर अवस्थामा उद्धार गरी थप उपचारको लागि प्रादेशिक अस्पताल गौरमा पठाईएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईले बताएका छन्। उनीहरूलाई सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प फतुहाबाट असई सुवास थापाको कमाण्डमा ७ जना र ईलाका प्रहरी कार्यालय राजपुरबाट सई प्रमानन्द यादबको कमाण्डमा खटिएको ५ जनाको टोलीले उद्धार गरेको थियो ।