पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

बर्दिवासमा आदिवासी जनजाति चौथो महोत्सव हुँदै

२०८० फाल्गुन १४, सोमबार १८:२१ बजे

विशाल बस्नेत/न्युज कारखाना
महोत्तरी : नेपाल आदिवासी जनजाति माहासंघ जिल्ला समन्वय समिति महोत्तरीले बर्दिवास चौथो महोत्सवको घोषणा गरेको छ ।
फाल्गुन २४ देखि चैत ५ सम्म सञ्चालन गर्नेगरि चौथो पटक उक्त महोत्सवलाई निरन्तरता दिने भएको हो ।
जनजातिहरीको सांस्कृतिक पाटाहरुको जगेर्ना गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको आदिवासी जनजाति माहासंघ जिल्ला समन्वय समितिका अध्यक्ष धननारायण श्रेष्ठले जानकारी दिए ।
झण्डै १ लाख पर्यटक भित्र्याएर बर्दिवासको विशिष्ट चिनारीमा महत्वपूर्ण भूमिका खेल्ने र स्थानिय उत्पादनहरुलाई समेत पवर्द्धन गर्ने आयोजक पक्षको तयारी छ । राष्ट्रिय ख्यतिप्राप्त कलाकारहरुको माध्यमवाट महोत्सवलाई थप विशेष बनाउने जिल्ला सचिव मनिष समालले बताए ।

महोत्सवमा राखिने १५० स्टलमध्ये ९ वटा स्टलमा आयोजकको तर्फबाट विभिन्न जातजातिको भेषभुषा र संस्कार झल्कने गरि पर्दसन गरिने पनि आयोजक पक्षले जनाएको छ ।
वरिष्ठ उपाध्यक्ष हर्क लामाका अनुसार उदघाटनका दिन र समापनको दिन बर्दिवासमा रहेका हजारौ जनजातिहरुले आफ्नो झाकी र कला पर्दसन गर्नेछन् । यस्को लागि निक्कै आन्तरिक तयारी भैइरहेको उपाध्यक्ष लामाले बताए ।
यसअघि महोत्सवबाट सिकेका बिषयलाई यो महोत्सवमा थप परिमार्जित गरि नयापन दिइने आयोजक पक्षको दावी छ ।
विगतमा भएका महोत्सवमा देखिएको दर्शकहरुको चाहनालाई मध्यनजर गर्दै यो महोत्सवमा अहिलेसम्म कै सवैभन्दा बढी राष्ट्रिय कलाकारहरु बोलाउन लागिएको महोत्सवका ब्यवस्थापक धावा लामाले जानकारी दिए ।