पाठशाला न्यूज
 २०८१ बैशाख २८, शुक्रबार    

गैरहाजिर १८ प्रहरीलाई सम्पर्कमा आउन निर्देशन

२०८० फाल्गुन १०, बिहीबार ०८:१५ बजे

काठमाडौं : जानकारी नदिई गैरहाजिर रहेका १८ जना प्रहरीलाई सात दिन भित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।
एक जना प्रहरी सहायक निरीक्षक, एक प्रहरी वरिष्ठ हवलदार, ३ जना प्रहरी सहायक हवलदार र १३ जना प्रहरी जवान एक महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेपछि प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशन गरेर उनीहरूलाई सम्पर्कमा आउन निर्देशन दिएको हो ।
‘केही प्रहरी मंसिरदेखि गैरहाजिर छन् । खोजी गर्दा र प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा आएका छैनन् । सात दिन भित्र हाजिर हुन आउनू,’ प्रहरी प्रधान कार्यालयले सूचनामा भनेको छ ।
उनीहरूलाई बाटोको म्यादबाहेक सात दिनको समय दिएर चित्तबुझ्दो स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन आउन भनिएको छ । अन्यथा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाइने जानकारी कार्यालयले दिएको छ ।