पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

चन्द्रमामा भविष्यको सपिङ मल तथा त्यसमा गरिने सपिङको काल्पनिक चित्र तयार

२०८० श्रावण १२, शुक्रवार १७:११ बजे

काठमाण्डौ–चन्द्रमामा सपिङ मल बनाउने कल्पना एउटा रोचक विचार हो जुन विज्ञान प्रविधि क्षेत्रमा मानिसको प्रगति तथा उसको आवश्यकतासँग पनि जोडिएको छ ।
तथापि वैज्ञानिक दृष्टिकोणबाट हेर्दा अहिले चन्द्रमामा मल बनाउने कुरा कठनि मात्र होइन असम्भव जस्तै लाग्दछ । तर आर्टिफिसियल इन्टेलिजेन्सले भने चन्द्रमामा भविष्यको सपिङ मल तथा त्यसमा गरिने सपिङको काल्पनिक चित्र तयार पारेको छ ।
एआईका अनुसार चन्द्रमामा मनोरञ्जनात्मक सुविधाहरु पूरा गर्नका लागि पसल, रेष्टुरेन्ट, मल्टिप्लेक्सका साथै अन्तरिक्षयात्रा सम्बन्धी स्टलहरु पनि हुनेछन् ।
एआईको परिकल्पना अनुसार चन्द्रमामा भव्य मलको निर्माण हुँदा अन्तरिक्षयात्रीका लागि सुरक्षित तथा आरामदायक ठाउँ प्राप्त हुनेछ जहाँ उनीहरु आराम गर्न, भोजन गर्न तथा सुत्न सक्नेछन् । चन्द्रमामा यदि मल निर्माण भयो भने मानिसहरु लामो समयसम्म अन्तरिक्षमै बस्न सक्नेछन् र अझै लामो दूरीको यात्रा गर्न सक्नेछन् । एआईको परिकल्पना छ कि चन्द्रमामा मलको निर्माणले नयाँ उद्योगको जन्म दिनेछ । यसबाट मानिसहरुलाई नयाँ अवसर प्राप्त हुनेछ र अर्थव्यवस्थालाई बढावा मिल्नेछ । चन्द्रमामा सपिङ मल बन्नु मानवताका लागि नयाँ सुरुवात हुनेछ ।
एआईले निकै मीठो परिकल्पना गरेको छ कि भविष्यमा मानिसहरु पृथ्वी र चन्द्रमा दुवैतिर सपिङ गर्न सक्नेछन् र दुवै ठाउँको अनुभव लिन सक्नेछन् ।
यद्यपि यो केवल आर्टिफिसियल इन्टेलिजेन्सको परिकल्पना मात्रै हो । जुन पूरा नहुन पनि सक्दछ वा पूरा हुनका लागि सयौं हजारौं वर्ष पनि लाग्न सक्दछ ।