पाठशाला न्यूज
 २०८१ बैशाख १५, शनिबार    

नेकपा एमाले रौतहटको १० औ जिल्ला अधिवेशनको लोगो सार्वजनिक,आज प्रथम प्रतिनिधि परिषद वैठक

२०८० माघ १८, बिहीबार ०८:३१ बजे

रौतहट : नेकपा ( एमाले ) रौतहट जिल्लाको दशौ अधिवेशनको लागो बुधबार सार्वजनिक भएको छ । नेकपा एमाले रौतहट जिल्ला कमिटि प्रचार बिभागले बुधबार पत्रकार सम्मेलन गरी नेकपा एमाले रौतहट जिल्ला १० औ अधिबेशनको १० लोगो सार्वनिक गरेको हो । पत्रकार सम्मेलनमा नेकपा एमालेका केन्द्रिय सदस्य उद्धब प्रसाद रेग्मीले जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताएका छन । आउदो माघ २५ र २६ गते नेकपा एमालेको जिल्ला अधिवेशन गरुडामा हुदैछ ।
उक्त जिल्ला अधिवेशनको उदघाटन गर्न नेकपा एमालेका केन्द्रिय अध्यक्ष केपी शर्मा ओली आउने भएको केन्द्रिय सदस्य रेग्मीले जानकारी दिएका छन ।
जिल्ला अधिवेशन भन्दा अगाडी नेकपा एमाले रौतहट जिल्ला कमिटीको प्रथम प्रतिनिधि परिषद वैठकको आज बिहीबार राखिएको रेग्मीले बताए ।
सो बैठकलाइ सम्बोधन गर्न नेकपा एमालेका केन्द्रिय महासचिव शंकर पोखरेल बिहिबार रौतहट आउने उनले जानकारी दिए ।
गौरमा हुने उक्त बैठकमा जिल्लामा रहेका केन्द्रिय सदस्यहरु,प्रदेश कमिटी पदाधिकारी तथा सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु,प्रथम प्रदेश अधिवेशन प्रतिनिधिहरु, नवौ र दशौ जिल्ला अधिवेशनको लागि निर्वाचित प्रतिनिधिहरु एवम् पार्टीबाट निर्वाचित सवै जनप्रतिनिधिहरु ,नगर कमिटी पदाधिकारी तथा सदस्यहरु,जनबर्गिय संगठनका केन्द्रिय सदस्यहरु ,जिल्ला समिती पदाधिकारीहरु, र पार्टीका वडा कमिटी पदाधिकारीहरु सहभागि हुने केन्द्रिय सदस्य रेग्मीले जानकारी दिएका छन । जिल्ला अधिवेशनको लागी रौतहट जिल्लाको १८ वटै पालिकाको १ सय ५७ वटै वाडहरुबाट प्रतिनिधि छनौट कार्य सम्पन्न भएको समेत उनले पत्रकार सम्मेलनमा जानकारी दिएका छन । पत्रकार सम्मेलनमा रौतहट प्रचार बिभाग प्रमुख रुपेश पटेलले प्रचार प्रसारको गतिबिधि र लोगो सार्वनिक बारे जानकारी गराएका थिए ।
बिहीबार हुने प्रतिनिधि परिषद भेलामा जिल्लाभरीका करिब ५ सय भन्दा बढी सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
सो पत्रकार सम्मेलनमा नेकपा एमाले चन्द्रपुर नगर कमिटिका अध्यक्ष शिव आचार्य,उपाध्यक्ष राजेन्द्र तिवारी,प्रेस चौतारी मधेश प्रदेशका अध्यक्ष फणिदेब महत,केन्द्रिय सदस्य रमेश तिमलसिना,पत्रकार अशोक कुमार पहाडी,प्रेस चौतारी रौतहटका सचिब मुकेश कुमार साह,नेकपा एमाले स्कुल बिभागका सचिब टेकनाथ खरेल,युवा संघका नेता रमेश गोले,प्रचार बिभाग रौतहटका सदस्यहरु,नेकपा एमाले चन्द्रपुर नगर कमिटिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।