पाठशाला न्यूज
 २०८१ आषाढ १८, मङ्गलवार    

पेनाल्टीमा भारतलाई हराउदै बंगलादेश जित्यो साफ यू-१६ महिला फुटबलको उपाधि

२०८० फाल्गुण २७, आइतवार १८:१० बजे

काठमाडौं- बंगलादेशले साफ यू-१६ महिला फुटबलको उपाधि जितेको छ ।

ललितपुरको च्यासलस्थित मैदानमा सम्पन्न फाइनल खेलमा बंगालदेशले भारतलाई पेनाल्टी सुटआउटमामा ४-२ गोलले पराजित गरेको हो ।

यसअघि निर्धारित ९० मिनेटको खेलमा भारत र बंगलादेशले १-१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

यस प्रतियोगितामा बंगलादेश र भारतका अलावा नेपाल र भुटान गरी चार देशले भाग लिएका थिए । नेपाल र भुटान भने समुह चरणबाट बाहिरिएका थिए ।