पाठशाला न्यूज
 २०८१ बैशाख २९, शनिबार    

मस्को आक्रमणमा मृत्यु हुनेको संख्या ११५ पुग्यो

२०८० चैत्र १०, शनिबार १७:३७ बजे

मस्को- मस्कोको क्रोकस सिटी हलमा शुक्रबार भएको आक्रमणमा स्वचालित हतियार बोकेका बन्दुकधारीहरूले एक खचाखच कन्सर्ट हलमा विस्फोट गराउदा कम्तीमा ११५ जनाको मृत्यु हुनुका साथै १८७ जनाभन्दा बढी घाइते भएका छन्। 

रुसी अधिकारीहरूले हताहत हुनेको संख्या बढ्न सक्ने अनुमान गरेका छन्।

सामाजिक सञ्जालमा पोष्ट गरिएका ग्राफिक भिडियोहरूमा बन्दुकधारीहरूले भवनमा प्रवेश गर्ने बित्तिकै बारम्बार राउन्ड गोली हानेका थिए भने पोइन्ट-ब्ल्यांक दायरामा चिच्याइरहेका मानिसहरूलाई गोली दागेकाका थिए। लगत्तै विस्फोटक पदार्थ विस्फोट गराएर भवनमा आगजनी गरे। घटनास्थलमा आगो फैलियो भने धुवाँले भवन भरिएपछि आगन्तुकहरू आपतकालीन निकासतर्फ दौडिरहेका थिए।

उक्त आगो निभाउन हेलिकप्टर ल्याइएको थियो । अग्निनियन्त्रकहरूले शनिबार बिहान आगो नियन्त्रणमा लिएका थिए ।

६२ हजार मानिस अटाउन सक्ने उक्त कन्सर्ट हलमा एक प्रसिद्ध रक ब्याण्डको पिकनिक पार्टी आयोजना गरिएको थियो। 

घटनाको जिम्मेवारी इस्लामिक स्टेट समूह (आइएसआइएस) ले लिएको र आफ्ना लडाकुहरूले आक्रमण गरेर सकुशल आफ्नो स्थानमा फर्किएको बताएको छ ।