पाठशाला न्यूज
 २०८१ श्रावण १२, शनिवार    

पत्नीसँग घरभाडा असुल्ने करोडपति लोग्ने

२०८१ जेष्ठ २०, आइतवार ०८:१६ बजे

एजेन्सी : एक महिलाले सोसल मिडिया प्लाटफर्म रेडिटमा अनौठो खुलासा गरेकी छिन् । ओरिगामी टोर्बी नामक रेडिट अकाउन्टमार्फत् उनले आफ्ना करोडपति लोग्नेको अनौठो हर्कत सार्वजनिक गरेकी छिन् ।
ती महिलाका अनुसार उनका ५० वर्षीय पतिसँग करोडौंको सम्पत्ति छ र अहिले उनले अवकाश लिएर मज्जाले जीवन बिताइरहेका छन् । तर, उनले आफ्नी पत्नीसँग घरभाडा असुल्ने गरेका छन् । महिलाका अनुसार आफ्नै लोग्नेको घरमा बसेर पनि उनले भाडामा बस्ने मानिसले जस्तो घरभाडा तिर्नु परिरहेको छ ।
उनले लेखेकी छिन– मेरा पति करोडपति हुन् । हामी १७ वर्षदेखि सँगै छौं । तरपनि उनले मसँग भाडा लिन्छ ।
महिलाका अनुसार उनीहरुको बिहे ६ वर्षअघि भएको थियो र त्यसभन्दा पहिले चाहिं उनीहरु लिभइन रिलेशनमा थिए । उनीहरुको अहिलेसम्म बच्चा जन्मिएका छैनन् ।
महिलाले लेखेकी छिन् – म द्विविधामा छु । मेरा पति करोडपति छ र ५० वर्षमा अवकाश लिएको छ । उसलाई ४ वर्षअघि आफ्नी आमाबाट विरासतमा धन प्राप्त भएको थियो । हामीहरु करिब २ दशकदेखि सँगै छौं । विरासतमा यतिधेरै कुरा पाएपछि पनि उसले मसँगबाट अझै पनि भाडा असुली गर्दछ र सानातिना खर्चको बिल मलाई नै तिर्न लगाउँछ ।
ती महिलाले आफूसँग केही रकम बचत रहेको भएता पनि आफूले अझै पनि हप्ताको ४० घण्टासम्म काम गरिरहेको तर पतिले चाहिं घरमै बसेर महंगा शौखहरु पूरा गरिरहेको गुनासो गरेकी छिन् ।
द सनका अनुसार ती महिलाको उक्त पोस्टमा मानिसहरुले विभिन्न खालका प्रतिक्रियाहरु दिएका छन् । एकजनाले लेखेका छन् तपाईंका पति आंशिक रुपले करोडपति हुन् किनकि उनले तपाईंबाट घरमा बसेबापतको भाडा लिन्छन् । उनी खासमा तपाईंको घरधनी हुन् । यो निकै अनौठो छ ।