पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

आज महावीर जयन्ती मनाइँदै

२०८१ वैशाख ९, आइतवार ०८:४२ बजे

काठमाडौं- आइतवार चैत्र शुक्ल त्रयोदशीको दिन २६ सय २३ औँ महावीर जयन्ती मनाइँदै छ।

नेपालसहित विश्वभर छरिएर जैन धर्मका दिगम्बर तथा श्वेताम्बर दुवै सम्प्रदायले हर्षोल्लासपूर्वक मनाउँछन्। 

वर्द्धमान महावीर अथवा भगवान महावीर जैन धर्मका प्रवर्तक हुन्। उनी प्राचीन भारतको महान दार्शनिकहरू मध्येका एक हुन्। वर्द्धमान महावीर त्यो युगका धार्मिक सुधारकहरू मध्ये सबैभन्दा वरिष्ठ थिएँ। यिनी, वर्द्धमान महावीर जैन धर्मका संस्थापक थिएँ। उनी धर्मका संस्थापक नभएर एक सुधारक थिएँ भन्ने कुरा केही भारतीय र पश्चिमी विद्वानहरूद्वारा प्रमाणीत भएको पाइन्छ।

वर्द्धमान महावीरको जन्म भारतको बिहार राज्यको बैशाली भन्ने ठाउ नाजिकको कुन्द ग्राममा ५९९ ईसा पूर्वमा भएको थियो। वर्धमान महावीरकी आमा त्रिशला, वैशालीको शक्तिशाली र प्रसिद्ध लिच्छवी राजा, चेतककी छोरी थिईन्। वर्धमान महावीरका नन्दी वर्द्धन नामक एक जेठा भाइ थिएँ।वर्द्धमान महावीरकी ६ वटा मातृ काकीहरू थिए। उनिहरूको बिहे पूर्वी भारतका विभिन्न राजाहरूसँग भएको थियो। यस प्रकार वर्धमान महावीर विभिन्न राजाहरूसँग सम्बन्धित थिएँ र अंतत: यसले उनलाई उनको जैन धर्म सुधारको कार्यमा महत्त्वपूर्ण सहयोग प्राप्त भयो।