पाठशाला न्यूज
 २०८१ आषाढ २३, आइतवार    

पोप फ्रान्सिसमाथि समलिङ्गी बारे अभद्र टिप्पणी गरेको आरोप

२०८१ जेष्ठ १५, मङ्गलवार १५:०६ बजे

काठमाडौं- पोप फ्रान्सिसमाथि समलिङ्गी पुरुषबारे अभद्र टिप्पणी गरेको आरोप लागेको छ । सीएनएनको रिपोर्टका अनुसार पोप फ्रान्सिसले बन्द कोठा बैठकमा समलिङ्गी व्यक्तिहरूका लागि इटालियन भाषामा निकै आपत्तिजनक शब्द प्रयोग गरेको दाबि गरिएको हो ।

पोप फ्रान्सिसले समलिङ्गी पुरुषहरूलाई वर्णन गर्न 'फ्यागोट' शब्द प्रयोग गरेको रिपोर्टले दाबी गरेको छ । पोप फ्रान्सिसले इटालीका विशपहरूलाई समलिङ्गी पुरुषहरूलाई पुरोहितको लागि प्रशिक्षण नदिन आग्रह गरेका छन् ।

बीबीसी रिपोर्टका अनुसार अन्य इटालियन समाचार एजेन्सीहरूले स्रोतलाई उद्धृत गर्दै पोपको यो भनाइको पुष्टि गरेका छन् ।

भ्याटिकनले पोप फ्रान्सिसको आपत्तिजनक भनाइमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । स्पेनिस भाषी देश अर्जेन्टिनामा जन्मिएका पोप फ्रान्सिसलाई यो इटालियन शब्दको स्पष्ट अर्थ थाहा नहुन सक्छ भन्ने पोपका समर्थकहरूको विश्वास रहेको पनि केही सञ्चारमाध्यममा बताइएको छ । फ्यागोट शब्द सामान्यतया समलिङ्गी पुरुषहरूको अव्यवस्थित व्यवहारको वर्णन गर्न प्रयोग गरिन्छ । यो एलजीबिटिक्यू समुदायद्वारा आलोचना गरिएको छ ।