पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

विप्लव र एरिका युएसए ओपन अन्तर्राष्ट्रिय कराते खेल्दै

२०८० चैत्र १२, सोमबार १६:३१ बजे

काठमाडौं- विप्लवमान श्रेष्ठ र एरिका गुरुङले युएसए ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगिता खेल्ने भएका छन् । यहि मार्च २६ देखि ३१ सम्म अमेरिकाको टेक्सासमा सो प्रतियोगिता हुने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

सो प्रतियोगितामा विप्लवलाल श्रेष्ठ पुरुष ८४ केजीमाथि र एरिका गुरुङ महिला ६८ केजीमाथिको उमेर समुहमा प्रतिष्पर्धा गर्दै छन् । साथै उनीहरुको प्रशिक्षकमा दीपक श्रेष्ठ र कुशल श्रेष्ठ रहेका छन् । 

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच बिदाइ गरेका छन् ।