पाठशाला न्यूज
 २०८१ वैशाख ३१, सोमवार    

संकल्प साकोसको समिक्षा तथा विस्तारित मञ्च सम्पन्न

२०८० श्रावण १५, सोमवार २०:३४ बजे

चन्द्रपुर–रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर–६ स्थित संकल्प बचत तथा ऋण सहकारी संस्थाको समिक्षा तथा बिस्तारित मञ्च कार्यक्रम सम्पन्न गरिएको छ ।
संस्थाका अध्यक्ष बिभु पोखरेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सस्थाका संचालक,लेखा सुपरिवेक्षण समिती,सल्लाहकार,विभिन्न उपसमिति ,कर्मचारी लगायत ६२ जनाको उपस्थितिमा आर्थिक बर्ष ०७९\८० को समिक्षा तथा बिस्तारित मंच सम्पन्न गरिएको हो । सो कार्यक्रममा प्राप्त उपलब्धि र लक्ष्य पूरा हुन नसकेका सुचकहरुमा केन्द्रित भएर लेखा सुपरिवेक्षण समितिका संयोजक गणेश पौडेल,पुर्व संयोजक नारायण बहादुर कार्की ,कोषाध्यक्ष बलराम गौतम र संचालक अबधेशहरी भट्टराईले महत्त्वपूर्ण सुझाव दिदै टिप्पणी गरेका थिए । संस्थाका सदस्यहरुले उठाएको जिज्ञासालाई अध्यक्ष पोखरेल ,ब्यबस्थापक हरि प्रसाद तिमल्सिना तथा लेखा संयोजक पौडेलले प्रष्ट पारेका थिए ।
सो कार्यक्रममा संस्थाको जटिल अवस्थामा पनि संतोषजनक खाताबन्दी हुनु सुखद भएको भन्दै ब्यबस्थापन तथा संचालक लाई धन्यवाद ज्ञापन पनि गरिएको थियो । आ.ब. ०८०\८१ का लागि श्रावण ६ गते संचालक समितिको बैठक बाट गठित विभिन्न उप समितिका संयोजकहरुलाइ मनोनयन पत्र तथा कार्य बिवरण प्रदान समेत सो कार्यक्रमबाट गरिएको थियो ।
मनोनयन पत्र तथा कार्य विवरण प्राप्त गर्ने उप–समितिका संयोजकहरुमा ऋण उप समिति कृष्ण चन्द्र पोखरेल,शिक्षा उप समिति शारदा भण्डारी ,बचत बिस्तार उपसमिति दिपक भण्डारी ,शेयर बिस्तार उपसमिति राज किशोर गुप्ता,सामाजिक क्रियाकलाप उपसमिति एक नाथ चौलागाईं ,सूचना तथा सञ्चार उप समिति बिदुर न्यौपाने ,महिला बिकास उपसमिति गोमा चौलागाईं ,नीति निर्देशिका उपसमिति कुल बहादुर थापा ,प्रोबेशन कार्यदल चिरञ्जीवी गौतम ,जोखिम ब्यबस्थापन कार्यदल बलराम प्रसाद गौतम थिए ।