पाठशाला न्यूज
 २०८१ बैशाख १८, मंगलबार    

तीन लाख बढी जरिवाना तोकिएका सात जना पक्राउ

२०८० फाल्गुन १, मंगलबार १९:२३ बजे

रौतहट- विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई दण्ड जरिवाना समेत तोकिसकेका सात जना फरार प्रतिवादीलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। लुटपाट, सम्बन्ध विच्छेद तथा चेक अनादर मुद्दामा तीन लाख २७ हजार रुपैयाँ  जरिवाना तोकिएर फरार रहेका सात जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा साविक रमौली गाबिस वडा ६ का रामचन्द्र बैठा, लक्षमी बैठा, रामाप्रवेश बैठा रहेका छन्। उनीहरूलाई लुटपाट मुद्दामा जिल्ला अदालत गौरले जनही ७५ हजार रुपैयाँ जरिवाना गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताइन्। 

त्यस्तै रमौली ७ कै बलदेव यादव र शिवाकालिया देवी रहेकी छिन्। उनीहरूलाई सम्बन्ध बिच्छेद मुद्दामा अदालतले जनही २५ हजार रुपैयाँ जरिवाना गरेको छ। त्यस्तै गाली बेईजती मुदामा ५० हजार जरिवाना तोकिएका गौर नगरपालिका ५ का प्रभात कुमार झा र चेक अनादर मुद्दामा २ हजार जरिवाना तोकिएका दुर्गा भगवती गाउँपालिका २ का अमरनाथ पाण्डे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जारिगरेको सूचनामा उल्लेख गरिएको छ। 

पक्राउ परेका सातैजनालाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत गौरमा मंगलवार उपस्थित गराइएको प्रहरीले जनाएको छ। रौतहट प्रहरीले पछिल्लो समय फरार प्रतिवादी पक्राउ अभियान चलाएको छ। यसअघि यस आर्थिक वर्षको साउन देखि माघ मसान्त सम्म ६ महिनामा २८० फरार प्रतिवादी पक्राउ गरेको थियो।