पाठशाला न्यूज
 २०८१ बैशाख २३, आईतबार    

२०८१ मा अल्लु अर्जुन र अजय देवगनको भिड्न्त

२०८० भाद्र २६, मंगलबार ०८:०२ बजे

मुम्बई–अल्लु अर्जुन अभिनीत प्रतीक्षित फिल्म ‘पुष्पा २’ १५ अगस्ट २०२४ अर्थात् ३१ साउन २०८१ मा रिलिज हुने भएको छ । निर्माण युनिटले सामाजिक संजाल मार्फत फिल्मको रिलिज मिति घोषणा गरेको हो ।
‘पुष्पा २’ सन् २०२१ मा रिलिज भएको ‘पुष्पा : द राइज’को सिक्वेल हो । ‘पुष्पा’ले दर्शकबाट अपार माया पाएपछि निर्माण युनिटले ‘पुष्पा २’ घोषणा गरेका थिए ।
१५ अगस्ट २०२४ मै अजय देवगण स्टारर प्रतीक्षित फिल्म ‘सिंघम अगेन’ पनि रिलिज हुँदैछ । ‘पुष्पा २’ सुकुमार र ‘सिंघम अगेन’ रोहित शेट्टीले निर्देशन गरेका हुन् ।
‘पुष्पा २’मा अल्लु अर्जुनको अलवा एसपी भंवर सिंह शेखावतको भूमिकामा फहद फासिल र रश्मिका मन्दाना मोलेती श्रीवल्लीको भूमिकामा छिन् । निर्माण युनिटले फिल्ममा रहने रश्मिकाको लुक्स भने अहिलेसम्म सार्वजनिक गरेको छैन ।