पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

नेपाल सम्वत् उल्लेख गर्न जिल्ला प्रशासन कार्यालय रौतहटको निर्देशन

२०८० माघ २, मङ्गलवार ११:०७ बजे

रौतहट : जिल्ला प्रशासन कार्यालय रौतहटले नेपाली सम्वत् उल्लेख गर्न जिल्ला स्थित सबै सरकारी निकायहरूलाई निर्देशन दिएको छ ।
जिल्ला प्रशासन कार्यालयले सोमवार एक सूचना जारी गर्दै गृह मन्त्रालयको चलानी नम्बर ५१८ को गत पुस २६ गतेको पत्र अनुसार जिल्लाको सबै १८ वटै स्थानीय तह र सबै सरकारी कार्यालयले नेपाल सम्वत् लेख्न निर्देशन दिएको हो ।
२०८० माघ १ गते देखि ती निकायहरूले विक्रम सम्वत् लेखिने पत्रहरूमा नेपाल सम्वत् समेत उल्लेख गर्न व्यवस्था मिलाउन प्रमुख प्रशासकीय अधिकृत मणि भूषण साहद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।