पाठशाला न्यूज
 २०८१ बैशाख २२, शनिबार    

देशका केही स्थानमा वर्षा हुँदै, हिमाली भागमा हिमपात हुने

२०८० फाल्गुन २१, सोमबार ०८:४२ बजे

काठमाडाैं- मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ ।

हाल देशभर आंशिकदेखि साधारणतया बदली रही कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङ् सहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका थोरै स्थानका साथै बाँकी प्रदेशका पहाडी भागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।