पाठशाला न्यूज
 २०८१ जेष्ठ १, मङ्गलवार    

इजरायलले मध्य गाजामा बमबारी गर्यो, नुसेरातमा १४ जनाको ज्यान गयो

२०८० चैत्र २८, बुधवार ०७:०५ बजे

तस्वीर: एक व्यक्तिले मंगलबार मध्य गाजा पट्टीको देइर अल-बालाहको अल-अक्सा सहिद अस्पतालमा घाइते बच्चालाई उपचार गर्न लादै [एएफपी]

गाजा- मंगलबार इजरायली हवाई आक्रमण १४ जना प्यालेस्टाइनीहरुको मृत्यु भएको छ।

गाजा सिभिल डिफेन्सले मध्य गाजाको नुसेरात शिविरमा इजरायली हवाई आक्रमणमा चार बालबालिकासहित कम्तीमा १४ प्यालेस्टाइनीको मृत्यु भएको जनाएको हो ।

अक्टोबर ७ देखि गाजामा इजरायली आक्रमणमा कम्तीमा ३३,३६० प्यालेस्टाइनी मारिएका छन् र ७५,९९३ घाइते भएका छन्। हमासको अक्टोबर ७ का हमलाबाट इजरायलमा मृत्यु हुनेको संख्या १,१३९ पुगेको छ, दर्जनौं अझै बन्दी छन्।