पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

आम जनता पार्टीका केन्द्रीय सदस्य यादव जसपा प्रवेश

२०८० चैत्र ७, बुधबार ०९:५९ बजे

रौतहट : पूर्व मन्त्री प्रभु साह नेतृत्वको आमजनता पार्टीका केन्द्रीय सदस्य एवं आईटी आर्मीका केन्द्रीय बरिस्ठ उपाध्यक्ष निमेष यादव जनता समाजबादी पार्टीमा प्रवेश गरेका छन् ।
रौतहटको राजदेवी नगरपालिका ७ मुडवलबा घर भएका निमेष यादव आजपा परित्याग गरि जसपा मा प्रवेश गरेका हुन् । मंगलवार काठमाण्डौ स्थित जसपा पार्टी कार्यालयमा एक कार्यक्रमका बीच यादव संगै आजपाका कैयौं नेताहरुलाई जसपामा प्रवेश गरेको पूर्व मन्त्री योगेन्द्र यादवले बताएका छन् ।
नवप्रवेशीलाई जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले खादा ओठाएर स्वागत गरेका छन । निमेष लामो समय देखि प्रभु साहको साथ रहेर समाचार क्षेत्र हेर्दै आएका थिए ।
यस अघि प्रभु साह एमालेमा छँदा गत निर्वाचनमा राजदेवी नगरपालिकामा मेयरको टिकटको दावेदारी समेत गरेका थिए ।