पाठशाला न्यूज
 २०८१ जेष्ठ ५, शनिवार    

डीभी २०२५ को नतिजा आज, यसरी हेर्नुहोस्

२०८१ वैशाख २२, शनिवार ०७:०२ बजे

काठमाडौँ : अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा आज आउने भएको छ । शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएको हो ।
वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सक्ने दूतावासले जनाएको छ ।
यो नै इडिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको दूतावासले जनाएको छ ।