पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

६ किलो गाँजासहित पटेल पक्राउ परे

२०८० फाल्गुन १९, शनिबार १७:२१ बजे

जलेश्वर सर्राफ 

वीरगंज- वीरगंज महानगरपालिका वडा नं.२७ रामपुर स्थित सडकखण्डमा जिल्ला प्रहरी कार्यालय पर्साको मातहतमा रहेको अस्थायी प्रहरी चौकीको नियमित चेकजाँचमा गत १७ गते एक व्यक्ति ६ किलो २ सय ग्राम गाँजा सहित पक्राउ परेका छन् ।

जिल्ला बारा परवानीपुर गाउँपालिका वडा नं.५ बहुअरी बस्ने बर्ष २६ को दिपक पटेललाई उक्त गाँजा सहित प्रहरीले पक्राउ गरेको हो। पटेलले नहरको बाटो हुँदै डकैला बहुअरी तर्फ म.प्र.०३-०२६ प ००९७ नम्बरको मोटरसाईकलमा पछाडी बाँधिएको सेतो बोरामा कुहिएको दालभित्र उक्त गाँजा लुकाई छिपाई लगेका थिए। 

निज दिपक पटेल विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यलयका डिएसपी कुमार विक्रम थापाले जानकारी दिएका छन् ।