पाठशाला न्यूज
 २०८१ जेष्ठ १, मङ्गलवार    

गृहमन्त्री लामिछानेद्वारा मिटरव्याज पिडितहरुलाई मन्त्रालयमा बोलाएर छलफल

२०८० फाल्गुण २७, आइतवार १९:५४ बजे

काठमाडौं- मिटरव्याज पीडितसँग वार्ता गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आन्दोलरत पीडितहरुलाई सिंहदरबारमा बोलाएका छन् ।

यसअघि मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति बनाएर वार्ताको प्रकिया थालेतापनि प्रभावकारी नभएको हुँदा यसपटक गृहमन्त्री लामिछाने आफैले संवाद थालेका छन्। 

लामिछानेको सचिवालय स्रोतका अनुसार, छलफलमा वार्ता टोली संयोजक एवं शान्ति सुरक्षा महाशाखा प्रमुख नारायणप्रसाद भट्टराईको पनि उपस्थिति रहेको थियो।