पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

विश्वकप क्रिकेट २०२३ : भारतले अस्ट्रेलियालाई ६ विकेटले पराजित गर्यो

२०८० आश्विन २१, आइतवार २३:३८ बजे

चेन्नई/भारत-  चेन्नईमा एमए चिदम्बरममा जारी विश्वकप क्रिकेटमा भारतले अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ ।

उक्त खेलमा भारतले २ सय रनको लक्ष्य ४१.२ ओभरमा पूरा गर्दै ६ विकेटले जित हात पारेको हो । 

२०० रनको लक्ष्य पछ्याउँदै गरेको भारतले मात्र दुई रनमा तीन विकेट गुमाएको थियो। त्यसपछि टीम इन्डियाले अस्ट्रेलियाका बलरसामु आत्मसमर्पण गर्ने स्थिति देखिएको थियो तर बिराट कोहली र केएल राहुलको आफ्नो उत्कृष्ट ब्याटिङले खेलको माहोल नै बदलिदियो । कोहलीले ११६ बलमा ५ चौका प्रहार गर्दै ८५ रनको शानदार इनिङ खेले । केएल राहुल ९७ रन बनाएर अविजित फर्किए । राहुलले ८ चौका र २ छक्का प्रहार गरे । उनीसँगै हार्दिक पाण्डे ११ रनमा अविजित रहे ।

सन् २०१३ को च्याम्पियन्स ट्रफी र पछिल्लो पटक २०११ मा घरेलु मैदानमा विश्वकप जितेको भारतले विश्व उपाधिको चुनौती हासिल गर्न सकेको छैन । यद्यपि सन् १९८७, १९९९, २००३, २००७ र २०१५ प्रतियोगिता जितेको अष्ट्रेलिया सबैभन्दा सफल एकदिवसीय टोली हो।