पाठशाला न्यूज
 २०८१ बैशाख २१, शुक्रबार    

गृहमन्त्री लामिछानेको पहलमा आरती साहको परिवारसँग सहमति

२०८० फाल्गुन २९, मंगलबार २२:१४ बजे

काठमाडौं- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पहलमा मंगलबार राति गृहमन्त्रालयमा सरकार र आरती साहको परिवारबीच सहमति भएको छ । 

आफ्नो छोरी आरती साहको दाहिजोको निहुँमा हत्या भएको दाबी गर्दै न्याय नपाएको भन्दै महिनौं देखि काठमाडौंमा धर्ना बस्दै आएका परिवारसँग गृहमन्त्री लामिछानेको पहलमा मंगलबार राति गृहमन्त्रालयमा सहमति जुटेको हो । 

प्रहरी प्रशासन र अदालत दुबैले आफूहरुलाई न्याय नदिएको भन्दै बिगत केहि महिना देखि धर्ना बस्दै आएका साह परिवार न्याय नपाएसम्म घर नफर्किने अडानमा थिए।