पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

पोएट आइडलमा कवि मुक्ता गौतमलाई उत्कृष्ट चारमा पुग्न यसरी गर्न सकिन्छ भोटिङ

२०८१ वैशाख २७, बिहीवार २१:५८ बजे

काठमाडौं- रौतहट चन्द्रपुर-५ की कवि मुक्ता गौतम हिमालय टिभी एचडीमा प्रशारण भैरहेको द पोएट आइडल सिजन २ को उत्कृष्ट ६ मा पर्न सफल भएकी छिन् । 

यतिबेला कवि मुक्ता आफ्नो अत्यन्तै उत्कृष्ट कविताहरुको बेजोड प्रस्तुतिले देश भरको साहित्यिक मनहरुलाई जित्न सफल छिन् । मञ्च अगाडी बसेका न्याय मुर्तिहरुको न्यायिक कलमलाई आफ्नो कविताले आफुलाई उत्कृष्ट ६ भित्र पार्न सफल कवि मुक्ताको कविताको मधुरताले पोएट आइडलको मञ्चलाई नै साहित्यिक क्षेत्रमा सार्थकता र अर्थपूर्ण बनाउन सफल भएकीछिन्। 

उत्कृष्ट ६ भित्र पर्न सफल भएकी कवि मुक्तालाई अब भने उत्कृष्ट ४ मा पुग्न पाठकहरुको भोटको जरुरी हुनेछ। यसपटक भने दुई जना सहभागी एकैपटक भोटको आधारमा मञ्चबाट बाहिरिनु पर्नेछ। उत्कृष्ट ६ मध्येबाट दुई जना सहभागी बाहिरिने हुँदा उत्कृष्ट ४ भित्र पर्न बहुमत भोटको आवश्यकता देखिएको छ। 

रौतहटको माटोले जन्माएको प्रतिभालाई यतिबेला सिङ्गो मधेस प्रदेशले गर्वको अनुभूति गरेर चौतर्फी भोट गरिरहेको सन्दर्भलाई मन देखि नै आभार प्रकट गर्दै अझै थप भोट गरिदिन कवि मुक्ताले देश भरका साहित्यिक मनहरुलाई यतिबेला आग्रह गरेकीछिन्। 

गत मंगलवार देखि खुल्ला भएको भोटिङ लाईन भोलि शुक्रवार दिनको १० बजेसम्म जारी रहनेछ। कवि मुक्तालाई भोटिङ गर्नको लागि तल दिएको व्यानर तस्बिरमा उल्लेखित बिधि अपनाउन सकिन्छ।