पाठशाला न्यूज
 २०८१ जेष्ठ ३, बिहीवार    

बालेनलाई अमेरिका भ्रमणको निम्तो

२०८० माघ १८, बिहीवार २२:०२ बजे

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनबीच भेट भएको छ ।
बालेनको कार्यालयमा भएको भेटमा उनले सूचना प्रविधिसम्बन्धी तालिममा अमेरिकासँग सहकार्यको प्रस्ताव गरे । ‘आपसी कार्यक्रमका रुपमा हामीले आईटीको तालिम चलाउन सक्छौं । यसबाट अमेरिकन कम्पनीले कामका लागि जनशक्ति पाउँछन् । नेपाली युवाहरुले आय आर्जन गर्न पाउँछन्’ अमेरिकी राजदूतसँग बालेनले भने ।
युनेस्को रचनात्मक सहर सञ्जालअन्तर्गत चलचित्र विधामा जोडिएर काम गरिरहेको भन्दै बालनेले यसमा हलिउडका चलचित्र निर्माता, निर्देशक, कलाकार, वितरकसँग कार्यक्रम तय गर्न सहजीकरण गरिदिन राजदूतलाई प्रस्ताव गरे ।
भेटमा राजदूत थम्प्सनले नेपालमा हुने सिर्जनात्मक कार्यक्रमहरुमा सहभागी हुन र यस्ता कार्यक्रममा अमेरिकाका तर्फबाट विज्ञ, व्यापारिक, सामाजिक तथा नागरिक तहको सम्बन्ध बढाउन आफूहरु सकारात्मक रहेको बताएका छन् ।
थम्प्सनले प्रमुख शाहलाई अमेरिका भ्रमणको निमन्त्रणा पनि दिएको बालेनको सचिवालयले जनाएको छ ।