पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

मेलम्ची खानेपानीको गुणस्तरमा शंका नगर्न सरकारको अपिल

२०८० माघ ३, बुधवार १०:३८ बजे

काठमाडौं : सरकारले काठमाडौं उपत्यकावासीलाई मेलम्ची खानेपानीको गुणस्तरमा शंका नगर्न आग्रह गरेको छ ।
बुधबार खानेपानी मन्त्रालयले एक सूचना निकालेर मेलम्ची खानेपानी विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम प्रशोधन गरी वितरण गरेकाले शंका नगर्न अपिल गरेको हो । मन्त्रालयले पुराना पाइप लाइनहरू लामो समयसम्म सञ्चालन नहुँदा माटोको अवशेषका कारण पानी वितरण क्रममा केही समय पानी धमिलो आउनसक्ने भए पनि क्रमशः सफा पानी प्रवाह हुँदै जाने बताएको छ ।
पानी वितरणका क्रममा अनुगमन गर्नका लागि मेलम्ची खानेपानी विकास समिति आयोजना कार्यान्वयन निर्देशनालय तथा काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रतिनिधि सम्मिलित सहजीकरण समिति गठन गरिएको छ ।
पदमबहादुर कुवँरको संयोजकत्वमा गठित चार सदस्यीय समितिलाई समस्याबारे जानकारी गराउन पनि मन्त्रालयले अपिल गरेको छ ।