पाठशाला न्यूज
 २०८१ बैशाख २९, शनिबार    

सरकारले गर्यो ६ जना उपसचिवको सरुवा

२०८० चैत्र १५, बिहीबार ०८:३८ बजे

काठमाडौं : सरकारले ६ जना उपसचिवहरुको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय र निकायमा उपसचिवहरूको हेरफेर गरेको हो ।
स्रोतकाअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी उपसचिव आरती न्यौपानेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव मोहन निरौलालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ । गृह मन्त्रालयका उपसचिव गोकर्णप्रसाद उपाध्यायलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ल्याइएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव सरोकुमार पोखरेल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेका छन् ।
कैलालीको भजनी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रहेका लक्ष्मणबहादुर कठायतलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा ल्याइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव कृष्णबहादुर खड्काले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा जिम्मेवारी पाएका छन् ।