पाठशाला न्यूज
 २०८१ बैशाख २६, बुधबार    

प्रधानमन्त्री प्रचण्डद्वारा भक्तराज आचार्यको पार्थीव शरीरमा राष्ट्रिय झन्डा ओढाए सम्मान व्यक्त

२०८० फाल्गुन १५, मंगलबार १५:१५ बजे

काठमाडौं-  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गायक तथा संगीतकार भक्तराज आचार्यको पार्थीव शरीरमा राष्ट्रिय झन्डा ओढाएर सम्मान व्यक्त गरेका छन् । 

उपचारका क्रममा सोमबार निधन भएका आचार्यको पार्थीव शरीरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका हुन् । 

आचार्यको पार्थीव शरीर नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ । प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री प्रचण्ड पुगेर श्रद्धाञ्जली प्रकट गरेका हुन् । आचार्यको मंगलबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिँदै छ ।