पाठशाला न्यूज
 २०८१ आषाढ १८, मङ्गलवार    

उपनिर्वाचन : आज उमेद्वारको अन्तिम नामावली प्रकाशन गरिदै

२०८० चैत्र २७, मङ्गलवार ०७:१९ बजे

काठमाडौं : उपनिर्वाचनअन्तर्गत आज उमेदवारको अन्तिम नामावली प्रकाशन गरिँदैछ ।
निर्वाचन आयोगका अनुसार आज बिहान ९ देखि दिउँसो १ बजेसम्म उमेदवारी फिर्ताको समय दिइएको छ । दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ ।
उपनिर्वाचन हुने इलाम–२ मा २० जना र बझाङ १ (क)मा १२ जनाले उमेदवारी दर्ता गराएका छन् । २०८१ वैशाख १५ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।