पाठशाला न्यूज
 २०८१ जेष्ठ ८, मङ्गलवार    

चन्द्रपुरमा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, ईन्जिनीयर रिजाल प्रथम

२०८० आश्विन २९, सोमवार १४:४६ बजे

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ५ स्थित वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।
आईतवार हिन्दुधर्मावलम्बीहरुको महान चाड विजया दशमी,शुभदिपावली एवं छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम अन्तर्गत टाईगर स्पोट्स क्लवको आयोजनामा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको हो ।
सो प्रतियोगिता ईन्जिनीयर अमित रिजाल र राजन उप्रेती प्रथम भएका थिए । त्यसैगरी मनोज तिमल्सिना र रुपेश जयसवाल दोस्रो भएका थिए । तेसैगरी हर्क तामाङ,सरोज चौधरी,मन्दिप चौधरी र आकास चौधरी तेस्रो भएको टाईगर स्पोट्स क्लवका अध्यक्ष शिवशंकर चौलागाईले जानकारी दिएका छन् ।
चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्ले तथा नेपाली काँग्रेस मधेश प्रदेश सदस्य एवं युवा नेता रविनचन्द्र कोईरालाले जित हासिल गरेका सम्पुर्ण खेलाडीहरुलाई सिल्ड र प्रमाणपत्र हस्तान्त्रण गरी शुभकामना दिएका थिए ।