पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

पेट्रोल र डिजेलको मूल्य बढ्यो,ग्यास सिलिण्डरमा १३० रुपैयाँ घट्यो

२०८० श्रावण १६, मङ्गलवार २०:४७ बजे

काठमाडौँ –नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमले मंगलबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य स्वचालित प्रणालीअनुसार बढाएको हो ।
पेट्रोल प्रतिलिटर ९ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर ७\७ रुपैयाँ बढेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ ।
ठाउँअनुसार मूल्य फरक फरक छ । त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १ सय ३० रुपैयाँ घटेको छ । खाना पकाउने ग्यासको मूल्य अब प्रतिसिलिण्डर १६६० रुपैयाँ पर्नेछ । भारतबाट नयाँ मूल्य आएलगत्तै निगमले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरेको जनाएको छ ।