पाठशाला न्यूज
 २०८१ जेष्ठ ५, शनिवार    

तराईमा हुस्सु र कुहिरो, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

२०८० पौष १, आइतवार ०७:५२ बजे

काठमाडौं : नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
विभागका अनुसार आज दिउँसो लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राति लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ विभागले जनाएको छ ।