पाठशाला न्यूज
 २०८१ वैशाख ३१, सोमवार    

रौतहट लगायतका ७ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदै

२०८१ वैशाख १६, आइतवार ०७:४४ बजे

काठमाडौं- हात्तीपाइले रोग नियन्त्रणका लागि सरकारले सात जिल्लामा आज आइतवार देखि आम औषधि सेवन अभियान सुरु गरेको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसपटक झापा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, रसुवा र कपिलवस्तुमा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सुरु गरेको हो ।

यो अभियान दुई हप्तासम्म सञ्चालन हुने छ।