पाठशाला न्यूज
 २०८२ पौष ४, शुक्रवार    

उपसभामुखको चरित्र हत्या गरियो- सांसद श्रेष्ठ

२०८१ श्रावण ६, आइतवार १४:३० बजे

काठमाडौं-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिरा रानामगरको चरित्र हत्या गरिएको आरोप लगाएकी छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद श्रेष्ठले संबैधानिक परिषदमा बहुमत नपुगेपछि मिडिया ट्रायल गरेर उपसभामुखको चरित्र हत्या गरिएको आरोप लगाइएको बताइन् ।

उनले सांसद श्रेष्ठले आफुहरु छानबिनका लागि तयार रहेको भन्दै छानबिन गर्ने नै भए भुटानी शरणार्थीको पनि छानबिन गर्नुपर्ने बताइन् ।