पाठशाला न्यूज
 २०८१ बैशाख १९, बुधबार    

पर्सा प्रहरीद्वारा वीरगंज स्थित एक गोदाममा छापामारी

२०८१ बैशाख ६, बिहीबार २१:११ बजे

जलेश्वर सर्राफ 

वीरगंज- जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंजको महाविरस्थान स्थित एक गोदाममा छापामारी गरेको छ।

वीरगंजको मेनरोड स्थित महाविरस्थान नजिकै रहेको पम्पम भवन भित्र रहेको एक गोदाममा प्रहरीले छापामारी गर्दा ४ वटा कोठामा भन्सार छलीका विभिन्न ब्राण्डको कपडा भण्डारण गरेर राखीएको अवस्थामा प्रहरीले बरामद गरेको हो। 

पम्पम बिल्डिङको उक्त गोदाममा तस्करीका कपडा भण्डारण गरिएको सुचनाको आधारमा प्रहरिले छापामारी गरेको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले पुष्टि गरेका छन्। 

उनकाअनुसार विभिन्न कपडा व्यापारीहरुले तस्करी गरी मगाउने कपडा सोही गोदाममा भण्डारण गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको भएतापनि उक्त कपडा कसको र कुन व्यक्तिको हो ? र कुन व्यक्तिको नाममा सो गोदाम भाडामा छ? भन्ने कुराको समेत अनुसन्धान भैरहेको एसपी ढुङ्गेलले बताएकाछन्।