पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

स्कार्पियो र मोटरसाईकल जुध्दा रौतहटका २ युवकको मृत्यु

२०८० फाल्गुन १५, मंगलबार ०९:४४ बजे

सञ्जय मिश्रा/न्युज कारखाना
रौतहट : सर्लाही स्थित पूर्व पश्चिम हुलाकी सडक अन्तर्गत कौडेना गाउँपालिका वडा ३ मा सोमबार राति स्कारपियो र मोटरसाइकल एक आपसमा जुध्दा रौतहटका दुईजना युवकको मृत्यु भएको छ ।
गए राति साँढे ८ बजेको समयमा भएको उक्त दुर्घटनामा परेर मोटरसाइकलमा सवार रौतहट माधवनारायण नगरपालिका वडा ६, का २३ वर्षीय शियानन्दन महतो र सोही ठाउँका १९ वर्षीय अजय महतोको मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र पन्जियार थारुले बताएका छन । दुर्घटनामा घाइते दुवै युवकलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मलंगवाबाट कौडेनातर्फ जाँदै गरेको भारतीय एचआर ५९ ए ०१३१ नम्वरको स्कारपियो र विपरीत दिशाबाट आउँदै गरेको भारतीय बीआर ०६ सी वाइ ५०८६ नम्वरको मोटरसाइकल कौडेना र मुसैलीको बीच एकआपसमा जुधेको डीएसपी थारुले जानकारी दिए का छन् ।
दुर्घटना लगत्तै प्रहरीले स्कारपियो प्रहरीले नियन्त्रणमा लिएको छ तर चालक भने फरारभएको तथा उसको खोजी भईरहेको प्रहरीले जनाएको छ । मृतक दुवैजनाको शव पोष्टमारटमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।
भर्खरै कालोपत्रे भएको हुलाकी सडकखण्डमा चालकले तिब्रगतिमा सवारी चलाउने गरेको कारण दैनिकजसो सवारी दुर्घटना भईरहेको सर्लाही प्रहरीले जनाएको छ ।