पाठशाला न्यूज
 २०८१ बैशाख १४, शुक्रबार    

एमालेले मधेशमा आमूल परिवर्तन गर्यो–महासेठ

२०७९ भाद्र १८, शनिबार १४:५९ बजे

काठमाण्डौ–नेकपा एमालेका केन्द्रीय सचिव रघुवीर महासेठले नेकपा एमालेले अध्यक्ष केपी ओलीको पालामा मधेशमा आमूल परिवर्तन गरेको बताएका छन् । शनिबार एमाले निकट नेपाल प्रगतिशील प्राध्यापक संघको दोश्रो प्रदेश सम्मेलनको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले मधेस प्रदेशको शिक्षा सुधारमा नेकपा एमालेले निकै मिहिनेत गरेको बताउदै ओली सरकारको पालामा मधेशमा निक्कै परिवर्तन भएको दावी गरे । प्राध्यापकहरूले मधेस प्रदेशको उच्चशिक्षा अति राजनीतिकरण भएको भन्दै गरेको चिन्ताप्रति उनले ऐक्यबद्धता समेत जनाए ।
सम्मेलनमा मधेश प्रदेशमा उच्चशिक्षा कार्यपत्र प्रस्तुत गर्दै शैक्षिक संस्थाहरू राजनैतिक षडयन्त्रका अखडाको रुपमा स्थापित भएको प्रति प्राध्यापकहरूले चिन्ता व्यकत गरेका थिए ।